विमानस्थलमा गरिएको परीक्षणमा ज्वरो देखिएपछि कोरोनाको आशंकामा २ नेपाली अस्पाताल भर्ना

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार समाचार

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको परीक्षणमा ज्वरो देखिएपछि दुई जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड-१९) को आशंकामा मंगलबार भर्ना गरिएको हो ।

कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको छ, अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भन्नुभयो । वास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

त्यस्तै, दक्षिण कोरिया र चीनबाट आएका ३ नेपाली र एक चिनियाँ नागरिकमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको छ । रिपोर्टमा भाइरसको लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार