सामाजिक कुरिती विरुद्ध गैरदलित समुदायका पत्रकारहरुले बढी कलम चलाउनु पर्छ : मन्त्री गुरुङ

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार फोटो समाचार

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जातीय भेदभाव र छुवाछूत लगायतका सामाजिक कुरितीका विरुद्ध गैरदलित समुदायका पत्रकारहरुले पनि अझ बढी कलम चलाउनुपर्ने बताउनुभएको छ ।
मंगलवार मन्त्रालयमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको ज्ञापनपत्र बुझदै मन्त्री गुरुङले भन्नुभयो “आजको २१ औँ शताब्दीमा पनि दलित समुदायले जातीय भेदभाव तथा छुवाछूतको समस्या भोगिरहनु परेको छ, यसको अन्त्यका लागि मिडियामा दलित समुदायको सहभागिता बढाउँदै गैरदलितलाई समेत यो विषयमा बुझाएर लेख्न प्रोत्साहन गर्नुपर्छ ।”

सरकारले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि संघीय र प्रदेशस्तरबाटै अभियान सञ्चालन गर्ने योजना बनाएको मन्त्री गुरुङले दिनुभयो । सो अवसरमा उहाँले जातीय छुवाछूत, छाउपडी, बाल बिवाह, दाइजो, बोक्सी प्रथा लगायतका सामाजिक कुसंस्कारका बिरुद्ध एकीकृत अभियानहरुको जरुरी रहेको चर्चा गर्नुभयो ।

संघले प्रस्तावित मिडिया काउन्सिल बिधेयक मिडियामैत्री एवं समावेशी सिद्धान्त बमोजिम परिमार्जन गर्नुपर्ने, संविधानको मौलिक हकमा उल्लेख अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रतताको व्यवहारत् कार्यान्वयन गर्नुपर्ने, दलित समुदायमा मानअधिकारको प्रत्याभूति गराउनुपर्ने, दलित समुदायद्वारा सञ्चालित सञ्चार माध्यमलाई राज्यद्धारा बिशेष सुविधा प्रदान गरी कर मिनाहसम्मको नीति ल्याउनुपर्ने लगायतका १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार