कोरोनाबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार समाचार

कार्यक्रममा सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । उनले भने,‘२३ जना भर्ना हुनुभएको थियो । त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।’

कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए । कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए ।

उनले नेपालमा यो रोग कम्युनिटीमा स्थापित् नभएको स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म त्यस्तो परिणाम देखिएको छैन् । कोरोना भाईरस लाग्नेबित्तिकै मान्छे मर्दैन् ।’ अहिले मौसमी रुघाखोकीको समय भएकोले सजकता अपनाउनपनि उनले आग्रह गरेका छन् । उनले साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउनको लागि पनि सुझाएका छन् ।

उनले यसको उपचार भनेको ज्वरोका लागि सिटामोल र रुघाखोकीको लागि त्यहीअनुसार औषधी दिने रहेको सुनाए । उनले अहिले यो रोग लागेर कोही पनि भर्ना नभएको सुनाए । यसअघि भर्ना भएका सफल उपचारपछि घर फर्काईएको उनले स्पष्ट पारे ।
उनले अहिले आँत्तिहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाए। तर, नेपाल पूर्ण सुरक्षित छ भनेर बस्न नहुने पनि तर्क गरे । उनले यो वर्षको होली सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गरे । बास्तोलाले आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेको सुनाए । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्म पुग्नेपनि उनले सुनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार