सिओल । दक्षिण कोरियामा पछिल्लो केहि सातादेखि म’हामारीको रुपमा फैलिएको केभिड- १९ अर्थात कोरोना भाइरसको कारण ३१ जनाको मृ’त्यु भएको छ भने ५ हाजर १ सय ८६ जना संक्रमित भएका छन् । कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार मंगलावर मात्र थप ८५१ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै २३ जनाको अबस्था ग’म्भीर रहेकोले मृ’त्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।संक्रमित मध्ये ४ हजार २ सय ९५ जना कोरियाको थेगु तथा उत्तरी ख्यांङ्सान प्रान्तका मानिसहरु छन् ।
हाल सम्म कोरोना भाइरस चेक गराएका १ लाख २१ हाजार ९ जना मध्ये ८५ हजार ४ सय ८४ जनामा संक्रमण नभएको पुष्टि भएको छ भने ३५ हजार ५ सय ५५ जनाको नतिजा आउन बाँकी रहेको रोग नियन्त्रण केन्द्रले बताएको छ । त्यसैगरी ३४ जना भाइरस सं’क्रमित पूर्ण रुपामा निको भएर घर फर्किसकेका छन् ।भाइरसले म’हामारीको रुप लीन थालेपछि राष्ट्रपति मुन जे इनले कोरोना भाइरस बि’रुद्वाको ल’डाइ घो’षणा गरेका छन् । उनले सम्पूर्ण सरकारी नि’कायहरुलाई २४ घण्टा अलर्ट रहन निर्देशन समेत दिएका छन् ।(एजेन्सी)