दिल्लीमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएपछि बन्द गर्‍यो विद्यालय

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार प्रवास

नयाँ दिल्ली । दिल्लीमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएपछि दिल्लीको नोएडामा दुई निजी विद्यालय केही दिनका लागि बन्द गरिएको छ । विद्यालयले इमेल र वाट्स एपमार्फत विधार्थीका अभिभावकलाई जानकारी गराएका छन् । विद्यालय बन्द गरेकोमा नडराउन समेत आग्रह गरेका छन् ।

दिल्लीमा जो व्यक्ति भाइरस संक्रमित भएका थिए, उनको बच्चा नोएडास्थित विद्यालयमा पढ्छन् । उक्त व्यक्ति विदेशबाट फर्केपछि घरमा पार्टी गरेका थिए । त्यो पार्टीमा पाँच परिवार र १० जनाको उपस्थिति रहेको थियो । पार्टीपछि जाँचमा उनी भाइरस संक्रमित भएको देखिएको हो । यस घटनापछि केही समयका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

संक्रमित भएका ती व्यक्तिको सम्पर्कमा आएका अन्यलाई पनि छुट्टै घरमा राखिएको छ। कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी ती व्यक्ति हुन्छ, जसमा रोगसँग लड्ने कम क्षमता हुन्छ । यस्तो अवस्थामा बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने गर्छन् ।

विद्यायलयले संक्रमित व्यक्तिको बच्चाको सम्पर्कमा आएका अन्य विद्यार्थीहरुलाई पनि दुई हप्ताको लागि अरु बाट टाढा राखिएको छ । यस्तै विद्यालयको सार्वजनिक ठाउँ र कक्षा कोठाहरु सफा गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार