क्यानाडामा २७ जनामा देखियो कोरोना भाइरसको सङ्क्रमण

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ ।

स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् । चीन कोरोना भाइरसको सङ्क्रमणको प्रमुख केन्द्रका रूपमा देखा परेको छ ।

यस कोरोना भाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । यस कोरोना भाइरसबाट इरानमा १ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका पनि पुष्टि भएको छ । क्यानाडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले पत्रकारलाई बताएका छन् ।

क्यानाडामा सोमबार साँझसम्म २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पनि ती अधिकारीहरुले जानकारी दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार