दिल्ली हिंसा : रिभल्बर ताक्दै गरेको देखिएका शाहरुख उत्तर प्रदेशबाट पक्राउ

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी । गत २४ फेब्रुअरीमा भारतको राजधानी नयाँ दिल्लीको जाफराबाद क्षेत्रमा हेड कन्सटेबल दीपकमाथि रिभल्बर ताक्दै गरेको देखिएका शाहरुखलाई प्रहरीले पक्राउ गरेको छ ।

दिल्ली प्रहरीको आधिकारिक स्रोतले शाहरुखलाई पक्राउ गरिएको पुष्टि गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनलाई दिल्ली प्रहरीको क्राइम ब्रान्चको टोलीले उत्तर प्रदेशबाट पक्राउ गरेको हो ।

दिल्ली हिंसाको दौरान शाहरुखको भिडियो सबैभन्दा चर्चित बनेको थियो । भिडियोमा शाहरुखलाई दिउँसै प्रहरीमाथि पेस्ताल ताकिरहेको देखिएको थियो । उनको पछाडिको भीड ढुङ्गा फालिरहेको देखिएको थियो । रातो सर्ट लगाएका युवक पेस्तोल ताक्दै भीडसँगै अगाडि बढ्छन् । त्यसपछि गोली चलेको आवाज पनि सुनिन्छ ।

द हिन्दूका पत्रकार सौरभ त्रिवेदीले उक्त भिडियो ट्वीट गर्दै लेखेका थिए, ‘नागरिकता संशोधन विधेयक (सीएए) विरोधी प्रदर्शनकारी जाफराबादमा फायरिङ गरिरहेका छन् ।’

पछि ती युवक सीएए समर्थक भएको पनि बताइयो । यस विषयमा ठूलै बहस चलेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार