६० भन्दा बढी देशमा कोरोना फैलियो,ज्यान गुमाउनेको संख्या ३ हजार १ सय नाघ्यो (अपडेट)

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ । –एएफपी

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार