काेरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। काेराेना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएकाे हाे।
यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजार बढी मानिसहरुकाे ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।
यहाँ कोरोनाको बारेमा विभिन्न प्रश्न र तिनका समाधानको बारेमा चर्चा गरिएको छ।
कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्रा’णघा’तक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औ’ष’धिको आविस्कार भएको छैन।
कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको स’ङ्क्र’मणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको निधन भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस‚ विभिन्न भाइरसहरूको समूह हो। यो भाइरस सुरु-सुरुमा सामान्य रुघा खोकीबाट सुरु भई पछि ज्या’नै लिने किसिमको हुन्छ। यो भाइरस मानिस र जनावरमा दुवैमा देखिन सक्छ।
चीनको वुहान सहरबाट फैलन सुरु भएको यो भाइरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ। यसको सुरु-सुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने‚ मिर्गौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुन्छन्।
विश्वव्यापी रुपमा सं’क्र’मण हुँदे गएको कोरोना भाइसर सबैभन्दा बढी समय फलाममा जीवित रहन सक्ने चिकित्सकहरूले बताएका छन् । अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइरस जीवित रह्ने इन्टरनल मेडिशिन रेसिडेन्ट डा. मिलन बज्राचार्यले जानकारी दिए । यदि कुनै रोगीले फलाम छोएको रहेछ भाइरस हतपत्त मर्दैन, लामो समयसम्म जीवित रहिरहन्छ ।
‘फलाम तथा फलामबाट बनेको कुनै पनि वस्तु छोइसकेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ,’ उनले भने ‘भरसक फलामलाई छुदै नछुने र छोएपनि पञ्जा लगाएरमात्रै छुँदा पनि केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ । उनका अनुसार घरको झ्याल÷ढोका खोल्दा वा बन्द गर्दा समेत पञ्जाको प्रयोग गर्दा राम्रो हुन्छ ।
‘झ्याल÷ढोकाको ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं । वा ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दा अझ राम्रो हुन्छ,’ उनले भने ‘वृद्धवृद्धा र केटाकेटी तथा दीर्घ रोगीहरूमा कोरोना चाँडो संक्रमण हुन सक्छ ।’ शाहाकारी भोजन गर्दा पनि रोग सर्ने सम्भावना कम हुन्छ । हामीले दैनिक गर्ने क्रियाकलापमा ध्यान पुर्याउन सकेमात्रै पनि विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन डा. बज्राचार्यले सुझाए । भरसक भिडभाडमा नजान पनि उनले सुझाएका छन् ।
कसमा कोरोनाको उच्च जोखिम हुन्छ?
श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ। यीमध्ये पनि पुरुषमा यसको जोखिम बढी हुने बताइएको छ।
यसका विभिन्न लक्षणहरूका बारेमा बाहिर आइरहेका बेला अझ नयाँ-नयाँ लक्षणहरू देखापरिरहेका छन्। ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियासँग कसरी जुधिरहेको छ भन्ने कुराले यसको जोखिम निर्धारण हुन्छ’, टोरोन्टो विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ अलिसन म्याकगियरले भने।
कोरोनाको लक्षण सामान्यतः श्वासप्रश्वास नै हो। सिडिसीका अनुसार रुघाखोकी‚ मन्द श्वास प्रश्वास यसका मुख्य लक्षणभित्र पर्छन्। ज्वरो पनि प्रमुख लक्षणभित्रै पर्छ। यसको जोखिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ।
विशेषगरी ज्येष्ठ नागरिक‚ जसमा मुटु रोग‚ डायबिटिज र अरु श्वास प्रश्वाससम्बन्धी रोगहरू भएका व्यक्तिहरूलाई सुरुमा निमोनियाबाट सुरु भएर शरीरका अङ्गले काम गर्न छाड्नेसम्म हुन्छ।
क्यालिफोर्निया रेडियो स्टेसनका प्रमुख कार्ल गोल्डमेन‚ तीमध्ये एक हुन्। ‘म कोरोना संक्रमित भएको छु।’ उनले दी पोस्टको विचार पृष्ठमा भनेका छन्‚ ‘तर‚ अहिलेसम्म एकदमै ठूलो असर भने देखापरेको छैन।’ उनी ६० वर्ष पार गरिसकेको जनाइएको छ।
‘शारीरिक दुखाइ आदिले गर्दा अप्ठ्यारो महशुस भएको छैन‚’ उनले भने‚ ‘म राम्रैसँग सास फेरिरहेको छु‚ नाकमा सिँगान जम्ने किसिमका कुनै लक्षण देखिएको छैन। बरु छाती कस्सिएको महशुस भएको छ‚ खोकी लागेको छ। यदि मलाई यही रोग घरमा बस्दा लागेको भए‚ म नियमित काममा जानेथिएँ।’