कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरैबाट काम गर्न निर्देशन

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार प्रविधि

बिबिसी । ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ।

एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ।

ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको बताएको छ।

यो निर्देशन ट्विटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो।

ट्विटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, “हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड-१९ फैलिने सम्भावना कम गर्नु हो।”

उक्त ब्लगमा ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ: “हाम्रो लागि यो ठूलो परिवर्तन भए पनि हामी कार्यशक्तिलाई विकेन्द्रीकृत गर्ने कार्य गरिरहेका छौँ। त्यसमा घरबाटै काम गर्ने कुरा पनि छ।”

“हामी विश्वव्यापी सेवा हौँ र हामी संसारका कुनैपनि ठाउँबाट ट्विटरका लागि काम गर्न सक्ने अवस्था बनाउन प्रतिबद्ध छौँ।”

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए।

ट्विटरको निर्णय एशियामा अन्य कम्पनीले गरेको निर्णयजस्तै छ। तर यो अन्य अमेरिकी कम्पनीले लिएकोभन्दा एक पाइला भएको बताइएको छ।

फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आफ्ना कार्यक्रम स्थगित गरेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार