काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आफन्तको स्वागत र विदाईको लागि उपस्थित नहुन अपिल गरेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै प्राधिकरणले विमानस्थलमा नआउन अनुरोध गरेको हो ।
प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई सो अपिल गरेको हो । चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले महामारीको रूप लिँदै विश्वका ६५ देशमा पुगेपछि प्राधिकरणले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सजगता अपनाउँदै सो अपिल गरेको हो ।
साथै प्राधिकरणले अत्यावश्यक काममा विमानस्थल पस्नुपरेमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यसअघि विमानस्थल कार्यालयले यात्रुको सुविधाका लागि प्रदान गर्दै आएको भिजिटर पासलाई बन्द समेत बन्द गरेको छ ।
कोरोनाभाइरस केभिडः १९को संक्रमणबाट जोगिन विमानस्थलले पास व्यवस्थालाई स्थगन गरेको, प्राधिकरणले जनाएको छ ।