चिनियाँको आगमनसंगै लम्जुङमा कोरोनाको त्रास फैलियो

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार समाचार

लमजुङ । लमजुङमा एकाएक ले जिल्लावासीमा कोरोनाको त्रास फैलिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेसीमा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाका कामदार बिनाचेकजाँच जिल्लामा आएपछि जिल्लावासीमा सन्त्रास फैलिएको हो ।सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए । नयाँ वर्ष मान्नका लागि गएका उनीहरू २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घरमा गएका थिए ।राजधानी दैनिकले खबर लेखेको छ ।

तीमध्येका सात जना शनिबार एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ । उनीहरू रातको समयमा आएका कारणले गर्दा गाउँलेमा थप त्रास छाएको स्थानीय क्षेत्रका क्रियाशील सिर्जना युवा क्लबका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यो खबरले जिल्लाभर चिन्ता छाएको छ ।उक्त आयोजनामा काम गर्ने संख्याभन्दा बढी मात्रामा चिनियाँ आएको गाउँलेहरूले बताएका छन् । अघिल्लो दिन दुई मिनी बसमा आएका उनीहरू शनिबार राति पनि एक बस आएका हुन् ।उनीहरूलाई लिएर आएको बस आइतबार बिहान मात्र फर्किएको गाउँलेले बताए ।

सिर्जना क्लबका अध्यक्ष थापाले भने, ‘क्लबको आयोजनामा गाउँले भेला बसेर उनीहरू निरोगी रहेको बारेमा विश्वस्त हुने आधार दिनका लागि आयोजनाको सरोकार समिति, आयोजना र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ ।’ उनका अनुसार आयोजनाको बाटो घाँसपात गर्न जानुपर्ने, बालबालिका स्कुल आउने भएको हुँदा दिनहुँ गाउँलेसँग कामदार घुलमिल हुन बाध्य हुनुपर्ने अवस्था छ, ताराचोक गाउँका विद्यार्थी दिनहुँ आयोजनाको बाटो भएर ठूलीबेसीको स्कूलमा पढ्न आउने जाने गर्दछन् त्यसैले पनि चिन्ता बढाएको छ ।

उनले भने, ‘ज्ञापन पत्र लिएर प्रशासनमा बुझाउन आएमा हामीहरू आउँदाआउँदै ५ बज्यो, त्यसै बीचमा प्रजिअ गाउँ आउने भन्ने खबर पनि आयो, हामी गाउँमा गएर पहिलो काम प्रजिअलाई ज्ञापन पत्र बुझाउँछौं ।’यसबारेमा उक्त आयोजनामा सम्पर्क गर्दा २६ जना मात्र कामदार आएको न्यादी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । गुरुङले भने, ‘गाउँलेहरू त्रासमा भएको देखिएको छ, उनीहरूले प्रक्रिया पूरा गरी आएको आफूहरूलाई जानकारीमा आएको छ ।’यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा त्यस्तो हल्ला आएपछि आयोजनाका व्यक्तिलाई बोलाएर यथार्थता बुझ्ने काम भएको बताएको छ ।

त्यस्तै उनीहरूलाई थप १५ दिनसम्म गाउँलेको सम्पर्कमा नजान दिर्नेशन दिइएको नि. प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।चिनियाँ त मुस्ताङ हुँदै पैदल आएको जिज्ञासामा नि. प्रजिअ शाहीले भने, ‘अहिलेसम्म त हवाई मार्गबाट आएका हुन् भन्ने नै छ, त्यसबारेमा थप बुझ्नुपर्ने हुन्छ ।’यसबारेमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रशासन, आयोजना, स्वास्थ्य कार्यालयका प्रमुखसहित गाउँलेसँग संयुक्त अन्तक्र्रिया राखेको बताए । कुल ३० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माणकार्य सम्पन्न गरिसकेकोमा थप निर्माण कार्य यतिबेला प्रायः ठप्प रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार