कोरोनाभाइरसको सङ्क्रमण आशंकामा नेपालमा ५ ब्यक्ती अस्पातल भर्ना

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार समाचार

बिबिसी, काठमाण्डौ । काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन्।

चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

उनीहरू “शङ्कास्पद बिरामी”को मापदण्डमा परेकाले निगरानीमा राखिएको डा. पाण्डेले बीबीसी न्यूज नेपालीलाई बताए।

सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ।

परीक्षण
नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन।

अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड-१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ।

केन्द्रका निर्देशक डा. पाण्डे भन्छन्, “चीन र कोरियाबाट आएका व्यक्तिहरूमा केही लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।”

तस्वीर कपीराइटGETTY IMAGES
“उहाँहरू विमानस्थलबाट सोझै आउनुभए जस्तो मलाई लागेन। एक जना आज (सोमवार) आउनुभएको छ र हाम्रा चिकित्सकहरूले उहाँको जाँच गरिरहनुभएको छ। दुई जना अलि अस्ति र दुई जना हिजो अस्पतालमा भर्ना हुनुभएको हो।”

कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरूलाई शङ्कास्पद बिरामी मानी निगरानीमा राखिएको उनले बताए।

जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन्।

त्यसबाट सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासलाई बल पुग्ने उनीहरूको भनाइ छ।

यसैबीच चीनबाट फर्किएपछि दुई हप्ताभन्दा बढी समय खरिपाटीमा क्वारन्टीनमा राखिएका १७५ नेपालीहरूको र्‍यालका नमुना परीक्षणको निर्णय सोमवार आउने अधिकारीहरूले बताएका छन्।

डा. पाण्डेले साँझसम्म सबै रिपोर्ट आइसक्ने र त्यसपछि सङ्क्रमित नभएको पुष्टि भए सबैलाई घर पठाइने बताए।

उनले औपचारिक निर्णयका लागि प्रयोगशालाको रिपोर्ट कुरिरहेको भए पनि अहिलेसम्म क्वारन्टीनमा राखिएका १७५ जनामा कोरोनाभाइरसको कुनै लक्षण देखा नपरेको बताए।

नेपालमा अहिलेसम्म झन्डै २५० शङ्कास्पद व्यक्तिको परीक्षण गरिएको छ।

थप सतर्कता

संसारका ६० वटा देशमा कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार