कोरोनाको त्रास : स्वास्थ्यकर्मीहरुलाई लामोे बिदामा नबस्न अनुरोध

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ ।

संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखेको भन्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेका हुन् ।

संघले यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाको लागि लामोे बिदामा नबस्न तथा आ-आफ्ना कार्यक्षेत्रमा तयारीका साथ रहन पनि चिकित्सकहरुलाई आह्वान गरेको छ ।

संघले बिहीबार सरोकारवालासँग यसबारे अन्तरक्रिया समेत गर्ने तय गरेको रिजालले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार