कोरोना भाइरस : नेपालसँग जोडिएका सीमा नाका बन्द गर्न सांसदहरुको माग

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले विश्वभर त्रासका रुपमा फैलिएको कोरोना भाइरसबारे नेपालले पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको बैठकमा उनीहरुले नेपालसँग जोडिएका सीमा नाका बन्द गरेर भएपनि सतर्कता अपनाउनुपर्ने धारणा राखेका हुन् ।

सांसद उमा रेग्मीले कोरोनाबारे सरकारले सतर्कता अपनाउन चासो नदेखाएको भन्दै डरलाग्दो रुपमा देखिएको यो प्रभावबाट बच्न सतर्कता नअपनाएको बताइन् । उनले भारतसँग जोडिएका नाकाहरुबाट निर्वाध आवतजावत भइरहेको भन्दै सरकारले यसलाई सम्बेदनशील रुपमा लिएर नाकाहरु बन्द गन सुझाव दिइन् । उनले अरु देशले नाका बन्द गरिसकेको अवस्थामा नेपाललाई पनि नाका बन्द गर्न कुनै अप्ठेरो नपर्ने धारणा राखिन् ।

त्यस्तै, तुलसा थापाले विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा नेपालमा कोरोना छिर्यो भने भयावह हुन सक्ने चेतावनी दिइन् । उनले रोकथाम गर्न र विदेशबाट आउने यात्रुलाई हेल्थ डेक्स स्थापना गरेर नागरिकको ज्यान बचाउन आग्रह गरिन् ।

सांसद कृष्णभक्त पोखरेलले कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको भन्दै विश्वमा ९० हजार मानिस यो रोगबाट प्रभावित भएको ३ हजारको मृत्यु भएको भन्दै सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छन् । सांसद छक्कबहादुर लामाले तातोपानी नाका र रसुवाबाहेक अन्य नाकामा क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै हाल हिउँलेमात्र क्वारेन्टाइनको काम गरेको बताए । उनले हिउँ बिलाएपछि समस्या आउने भन्दै ती स्थानमा क्वारेनटाइनको व्यवस्था गर्न माग गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार