कोरोना भाइरसको त्रास : होलीमा धेरै पानी नखेल्न र भिड्भाडमा नजान डाक्टरको सुझाव

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार समाचार

 

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।

कोरोनाको भाइरसको स’ङ्क्र’मणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताउनुभयो ।

भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

स’ङ्क्र’मण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । यस वर्षको होली आउँदो हप्ता मनाईंदैछ ।

रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन्छ । यस्तै डाक्टरले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान पनि आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार