२ सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार समाचार

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो। दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ।

एउटा ल्यापटपको दुई सयका दरले २२ थान ल्यापटप कम्प्युटर मात्र ४ हजार ४ सय रुपैयाँमा समितिले बिक्री गरेको छ। एउटा ग्यास सिलिन्डरको ३३ रुपैयाँ ३३ पैसाका दरले तीन थान ग्यास सिलिन्डर मात्र एक सय रुपैयँँमा बिक्री गरेको प्रमाण फेला परेको छ।

जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिले पारित गरेको ७४ प्रकारको जिन्सी मालसामानको दररेट अनुसार २ थान जेनेरेटर १ हजार ५ सय रुपैयाँ, ४ थान टि.भिको ४ हजार रुपैयाँ, ५ थान डेक्सटप कम्प्युटरको २ हजार २ सय रुपैयाँ, ३ थान कम्प्युटर टेबलको २ सय रुपैयाँ, २ थान फोटोकपी मेशिनको १ हजार रुपैयाँ, १ थान फ्रिजको ५० रुपैयाँँ, ४ थान रिभल्वीङ कुर्सीको १ सय, २२ थान ल्यापटपको ४ हजार ४ सय, ३ थान ग्यास शिलिन्डरको १ सय रुपैयाँ लगायतको दरले ७४ प्रकारका सामानको ७७ हजार ५ सय ८० रुपैयाँ १५ पैसा मूल्याङ्कन रकम स्वीकृत गरेर सामान लिलामी गरेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार