दक्षिण कोरिया र चीनबाट नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् ।

दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको हाेइन। कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार