काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई नेकपा कार्यकर्ताले रामधुलाई गरेका छन् ।
भरतमोहन अधिकारीको पुण्यतिथिको अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन सकेर कुर्सीमा फर्किंदै गर्दा पत्रकार बसेको ठाउँ नजिकबाट तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।
तर, जुत्ता हानेलगत्तै तिरुवामाथि नेकपा कार्यकर्ताहरुले धमाधम कुटेका थिए । सुरक्षाकर्मीले लगत्तै उनलाई नियन्त्रणमा लिए पनि नेकपा कार्यकर्ताले पनि उनलाई निरन्तर रामधुलाई गरिरहे ।
यतिसम्म कि प्रहरीको हातबाट खोसेर समेत उनलाई बारम्बार हानेका थिए । कार्यकर्ताले आफ्नै अगाडि धमाधम कुटेपछि प्रचण्डले भने नकुट्न आग्रह गरेका थिए ।