जुत्ता प्रहारपछि प्रचण्डको बारम्बार आग्रह, ‘त्यो केटोलाई कुट्दै नकुट्नुस्’

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राष्ट्रिय सभा गृहमा आयाजित् कार्यक्रममा जुत्ता प्रहार भयो ।

पत्रकारहरु बस्ने ठाउँ नजिकैबाट प्रहार गरिएको जुत्ता प्रचण्डसम्म पुगेन । तर, प्रचण्डलाई ताकेर हानेको थाहा पाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लियो ।

सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै नेकपा कार्यकर्ताहरुले ती युवामािथ कुटिरहे । सबैले कुट्दा सुरक्षाकर्मीले बल्लबल्ल बाहिर निकाले ।

तर, यो बीचमा अध्यक्ष प्रचण्डले बारम्बार ती युवालाई नकुट्न आग्रह गरिरहे । भरतमोहन अधिकारीको पुण्यतिथिको अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन सकेर कुर्सीमा फर्किंदै गर्दा पत्रकार बसेको ठाउँ नजिकबाट जुम्लाका रतन तिरुवालाई कार्यकर्ताले भने कुटिरहे ।

प्रचण्डले बारम्बार कार्यकर्तालाई नकुट्न आग्रह गर्दागर्दै कार्यकर्ताले भने कुटेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार