कोरोना भाइरसको प्रभाव : अन्नपूर्ण बेसक्याम्पमा पदयात्री नहुँदा पर्यटन व्यवसायीहरु मारमा

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

पोखरा । विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको एबीसीमा अहिले भने घटेर २० पुगेको छ ।

अन्नपूर्ण बेसक्याम्पका व्यवसायी जगनराज गुरुङका अनुसार पदयात्री नहुँदा होटलहरु रित्ता देखिन थालेका छन् । सिजनमा ४० बढीको हाराहारीमा पाहुना राख्ने होटलहरु यतिबेला रित्ता देखिन थालेका छन् । ‘अस्ति गएको पहिरोले त होइन होला,त्यही कोरोनाले गर्दा खेरि त होला,’ उनले भने ।

गएको माघ ३ गते अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंक् केभ र देउराली बिचको भागमा हिमपहिरो गएपछि अनिश्चित कालका लागि बेसक्याक्याम्पमा पदयात्रीको आवागमन ठप्प पारिएको थियो । एक महिनासम्म बन्द भएर खुलेको एबीसीका पर्यटन व्यवसायीहरु पुनःकोरोना भाइरको कारण मारमा परेका छन् ।

हिमपहिरोमा परि ४ जना कोरियाली र ३ जना नेपाली गरि ७ जना बेपत्ता भएका थिए । बेपत्ता ७ मध्ये गाइड सरोज परियार मृत शुक्रबार मृत अवस्थामा फेला परेका थिए । बाँकी ६ को अझैसम्म कुनै पत्तो लाग्न सकेको छैन । पदमार्गमा करिब ६० को हाराहारीमा होटल सञ्चालनमा छन् ।

कोरोना भाइरसका कारण पर्यटन व्यवसायीहरु मारमा परेको भन्दै उनले गुनासो पोखे । एबीसीमा व्यवसायीक हेलिकप्टर उडान हुँदै आएकोमा केही समय अघि बन्द गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार