काठमाण्डौ । नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको जानकारी प्रहरीले दिएको छ ।
उनी पूर्व माओवादी कार्यकर्ता हुन् । उनलाई पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार लगेकाे छ ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’ मा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो ।
प्रचण्डलाई जुत्ता हानेपछि कार्यक्रममा सहभागीले तिरुवामाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।