बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएकोमा सभापति देउवाको आपत्ति

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए । उनले भने, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस् ।’

सम्बन्धित निकायले छानबिन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उनले आपत्ति जनाए ।

देउवाले भने, यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिले नै तपाई‌ंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार