अमेरिकाका अनुसन्धानकर्ताहरुले डेरीको दुध कम मात्रामा सेवन गर्ने महिलाहरुलाई समेत स्तन क्यान्सरको खतरा बढ्न सक्ने बताएका छन् । उनीहरुका अनुसार त्यस्तो खतरा ८० प्रतिशतसम्म बढ्न सक्छ ।
त्यसो त, उक्त कुरा दुधको सेवनमाथि निर्भर गर्छ । अमेरिकाको लोमा लिन्डा यूनिभर्सिटिसंग आबद्ध गेरी इ-फ्रेजर भन्छिन्-‘यो कुराको भरपर्दो प्रमाण के छ भने डेरीको दुध पिउनाले महिलाहरुलाई स्तन क्यान्सर हुन्छ । प्रतिदिन एक चौथाईदेखि एक तिहाई कप डेरीको दुधको सेवनले समेत स्तन क्यान्सरको जोखिमलाई बढाउन सक्छ ।’
इन्टरनेशनल जर्नल अफ इपिडिमियोजोलीमा प्रकाशित रिपोर्टको अध्ययनका लागि उत्तर अमेरिकाका ५३ हजार महिलाहरुको आहारको मूल्यांकन गरिएको थियो । तीमध्ये सबै जना महिलाहरु प्रारम्भमा क्यान्सरबाट मुक्त थिए । उनीहरुमाथि आठ वर्षसम्म अनुसन्धान गरिएको थियो ।
अनुसन्धानकर्ताहरुको भनाई छ-‘प्रतिदिन एक कप दुध पिउनाले सम्बन्धित जोखिम ५० प्रतिशतसम्मले बढ्छ । त्यहीँ प्रतिदिन दुईदेखि तीन कप दुध पिउनेहरुका लागि जोखिम बढेर ७० देखि ८० प्रतिशत हुन्छ । अनुसन्धानको क्रममा महिलाहरुको आहारलाई २४ घण्टा मूल्यांकन गरिएको थियो । त्यसका साथै उनीहरुको जनसंख्या, स्तन क्यान्सरको पारिवारिक इतिहास, शारीरिक गतिविधिहरु, मदिराको खपत, हार्मोनले तथा अन्य औषधीहरुको प्रयोग, प्रजनन तथा स्त्री रोगसँग सम्बन्धित कुराहरुलाई पनि विशेष ध्यान दिइएको थियो ।
१ हजार ५७ जना महिलाहरुमा स्तन क्यान्सर देखियो : अनुसन्धानकर्ता
अध्ययनको अन्त्यमा के पाइयो भने १ हजार ५७ जना महिलाहरुमा स्तन क्यान्सरको लक्षण देखियो । उनीहरुको आहारको विश्लेषणमा सोया उत्पादनहरु स्तन क्यान्सरकाबीच कुनै स्पष्ट लिंक देखा परेन । अनुसन्धानकर्ताहरुका अनुसार फ्याटयुक्त, कम फ्याटयुक्त अथवा फ्याटरहित दुधको सेवन गर्नाले पनि परिणाममा थोरै भिन्नता पाइएको थियो ।
डाक्टर फ्रेजरका अनुसार डेरी फूड तथा त्यसमा पनि खासगरी दूध सबैभन्दा बढि खतरनाक छ । आँकडाहरुले के बताएका छन् भने सोया दूधलाई यसको विकल्पको रुपमा प्रयोग गरेर खतरा कम गर्न सकिन्छ । यसको अर्थ के भयो भने यदि डेरी दुधको साटो हामीले यसका विकल्पहरुको प्रयोग गर्यौं भने स्वास्थ्यका दृष्टिकोरणले बढी फाइदाजनक हुनेछ ।
स्तन क्यान्स्र हार्मोनसँग सम्बन्धित
अनुसन्धानकर्ताहरुका अनुसार डेरी दुधले स्तन क्यान्सर हुने सम्भावित कारणमा डेरी दुधमा पाइने सेक्स हार्मोन कन्टेन्टलाई मानिएको छ । गाई स्तनपान गराउने जनावर हो, डेरीमा आउने दुधलाई उत्पादन गर्ने गाईहरुमध्ये करिब ७५ प्रतिशत गाईहरु गर्भवती हुन्छन् । महिलाहरुमा स्तन क्यान्सर हार्मोनसँग सम्बन्धित क्यान्सर हो । यसबाहेक, केही रिपोर्टहरुमा डेरी तथा अन्य जनावरहरुको प्रोटिनका सेवन, हार्मोनको उच्च रक्त स्तर, इन्सुलिनको बृद्धि आदिलाई पनि क्यान्सर पैदा गर्ने कारणको रुपमा हेरिएको छ ।
एजेन्स