काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।
पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीयको आइतबार मृत्यु भएको हो । उनको नाम भने गोप्य राखिएको छ ।
कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् । श्रीमतीको स्वास्थ्य अवस्था सन्तोषजनकको रूपमा सूचीबद्ध छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९७९ पुगेको छ । यसका कारण चीन सहित १२ देशमा विरामीको ज्यान गइसकेको छ । कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु भएको छ ।