कोरोनाभाइरसबाट बच्न मास्क लगाउने विषय : चीन र अमेरिकाको स्वास्थ्य निर्देशन बाझियो

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार प्रवास

एजेन्सी । कोरोना भाइरसका संक्रमितको संख्या बढ्न अमेरिकाको स्वास्थ्य निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)’ले नागरिकहरुलाई प्रकोपविरुद्ध सचेतना निर्देशन जारी गरेको छ । त्यसमा उल्लेख एउटा कुराले चिनियाँ मिडियामा चर्चा पाइरहेको छ ।

सीडीसीले कोरोनाभाइरस संक्रमितका लागि जारी गरेको विभिन्न निर्देशनमा बिरामी नभएका मानिसले मास्क लगाउन आवश्यक नरहेको बुँदाले चर्चा पाइरहेको छ ।

चिनियाँ सरकारी मिडिया पिपुल्स डेलीले यससम्बन्धमा समाचार लेखेर सीडीसीको निर्देशनपछि आम अमेरिकी नागरिकीको मनमा संस्थाप्रतिको विश्वसनीयतामै प्रश्न उब्जाएको बताएको छ ।

पिपुल्स डेलीको अनलाइन सस्करणमा यसबारेमा लेखिएको छ –कोरोनाभाइरस नियन्त्रणको लागि चीनको अथक प्रयास र चीनले जनताको जिउधन सुरक्षाका लागि गरेको प्रयासको पृष्ठभूमिमा अमेरिकी राजनीतिज्ञको हेलचेक्राईबाट धेरै स्तब्ध भएका छन् ।

फेब्रुअरी २८ मा सीडीसीले उसको आधिकारिक ट्वीटर एकाउन्टमा एक भिडियो सार्वजनिक गरेर कोरोनाभाइरसको लागि मास्क लगाउन नपर्ने बताएको थियो ।

‘कोरोनाभाइरस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्य अधिकारी तथा विरामीसँग सम्पर्क हुन सक्ने उच्च जोखिममा रहेका व्यक्तिले अतिरिक्त सुरक्षा अपनाउनुपर्छ ।’ सीडीसी उक्त सन्देशमा बताएको थियो ।

चीनले भने आफ्ना नागरिकलाई कोरोनाभाइरस विरद्ध सुरक्षाका सबै विकल्प अपनाउन भनेको छ । उसले प्रकोपबाट अत्यन्त प्रभावित सहरलाई लकडाउन गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार