यी हुन शाकाहारी हुनुको फाईदा

एजेन्सी । मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् ।

शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ ।

मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ ।

शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार