मृत घोषणा गरिएको ८३ वर्षीया वृद्ध १० घण्टापछि पुर्नजीवित, “मैले स्वर्ग देखेको थिएँ”

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार रोचक बिचित्र

युक्रेन । युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।

तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँगै प्रहरीलाई पनि बोलाए । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए ।

जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।

३७ वर्षको चिकित्सा यात्रामा यो पहिलो घटना हो, जीनियाको उपचार गर्ने डा। भ्लादिमीर चेकोटारेभले भने ।
जब जीनयालाई अस्पताल पुर्या‍इयो उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । स्टेज ३ कोमामा भएका बिरामी एक जिउँदो लाश बनिदिन्छन् । एक हप्ता अस्पतालको बसाईपछि जीनिया कोमाबाट बाहिर आएकी छन् ।

निको भएपछि जीनियाले कोमाको बेलामा देखेका घटना विस्तारमा बताइन्, ‘मैले स्वर्ग देखेको थिएँ, त्यहाँ मैले मेरो बुवालाई बोलाए।’ मैले उनलाई सोधेँ स्वर्गमा बस्न सजिलो छरु मैले उसलाई भेट्ने आशा गरें, तर जब मैले मेरो आँखा खोलें, मेरा वरिपरि सेतो लुगा लगाएका मानिस थिए । मलाई लाग्यो तिनीहरू स्वर्गदूतहरू हुन्, तर उनीहरू डाक्टरहरू थिए। भगवानको कृपाले मैले फेरि जीवन पाएँ।’एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार