दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार प्रवास

सियोल । दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीका अनुसार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा बढी संख्याको संक्रमण हो। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार दक्षिण कोरियामा कोरोना भाइरसबाट तीन हजार एक सय ५० संक्रमित छन् भने ७ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा सबैभन्दा बढी संक्रमित दक्षिण–पूर्वी डाएगु सहरका छन्। सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोना भाइरस संक्रमण फैलिएको बताइन्छ। उक्त समूहका एक ६१ वर्षीय महिलालाई गत साता संक्रमण भएको पुष्टि भएको थियो।

ती महिलाले सुरुमा अस्पताल जान अस्वीकार गरेकी र कोरोना भाइरस संक्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनामा सहभागी भएको बताइएको छ। नागरिक दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार