भन्सार कार्यालयमा ६ सयभन्दा बढी सवारीसाधन अलपत्र

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाण्डौ । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो । छ सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको सङ्ख्या उच्च रहेको छ ।

तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा झण्डै डेढ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार जिप छुटाउने गरेको भन्सार अधिकृतको भनाइ छ ।

आयातकर्ताले प्रदर्शनी कक्षमा राखिएका गाडी देखाएर गाडी बुक गर्ने गरेको र सोबापत अग्रिम रकम प्राप्त भएपछि मात्र गाडी छुटाउने प्रक्रिया अगाडि बढाउने गरेका छन् । गाडी खरिदमा बैङ्क र वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न कडाइ गरेकाले पनि विलासी सवारीसाधनको आयातमा निकै कमी आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा कन्हैयालाल केशरीले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार