देउवा – पौडेल समुहबिच फेरी असन्तुष्ट

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । नियमित कार्यकाल सकिनुभन्दा दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका छन्। उनले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गरेका हुन्। ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ।

पार्टी विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत भएका छन्।

सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई जिम्मेवारी तोकेका छन्।

आदिवासी जनजातिमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वयमा गोविन्द भट्टराई, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईंलाई जिम्मेवारी दिइएको छ। १३ विभाग प्रमुखमध्ये १२ जना सभापति देउवा निकट हुन् भने हुमागाईं कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल फागुन १९ गते सकिँदै छ। पार्टीले अर्को वर्ष फागुन ७ देखि १० गतेभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी एक वर्ष कार्यकाल थप्ने निर्णय यसअघि नै गरिसकेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार