अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार प्रवास

एजेन्सी । अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।

अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् । यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरे ।

अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी यस भाइरसका संक्रमित फेला परेका छन् भने ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार