नागढुुंगा सुरुङमार्ग आयोजना : विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे छिट्टै सुरुङ खनिने

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाण्डौ । नागढुुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंग्गी अड्डामा रहेको बताउँदै भने, ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ ।’

स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा पुर्याउँने, महँगो भए रकममा विचार गर्ने भनी ठेकेदार पक्षलाई विश्वस्त पारेको थियो ।

तर सेनाको उत्पादनमा उत्कृष्ट र गुणस्तर भएको आधार खोज्दै ठेकेदार पन्छिरहेको छ । सेना भने आफ्नै उत्पादन विकाउन लागिपरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार