अमेरिका जाने हो ? भोलिदेखि खुल्दैछ, कामदार भिसाको फारम

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार मुख्य नेटवर्क

काठमाडौँ । कामदार भिसा एचवान बीमा अमेरिका जान भोलिदेखि अनलाइन दर्ता खुल्ने भएको छ। पूर्वीय समय अनुशार भिसा एचवान बी भोलि अर्थात मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्ने छ। यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससीआईएसले जनाएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ। अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ । कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ।

छनौट भएका आवेदनउपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् । सबै प्रकृया पूरा गरेको खण्डमा उनीहरुले भिसा प्राप्त गर्न सक्नेछन् । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ ।

तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

हेर्नुहोस् थप जानकारी

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार