धनुषामा ९ बर्षिया बालिकाले गरे बुवाको दाहसंस्कार

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा। समाज परिवर्तनको पक्षमा उभिदै धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ कृष्णा यादव समाजकी ९ वर्षीया बालिका आफ्नो मृतक बुवाको क्रियापुत्री बनेर अन्तिम संस्कार गरेकी छिन् ।
शनिवार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेंगा निवासी कृष्णा यादवको ३२ वर्ष कै अल्पायुमा निधन भएको छ । बुवा कृष्णा यादव र आमा अंजु देवीको सन्तानको रूपमा जेठी छोरी रागिनी यादव र कान्छी छोरी सोहानी यादव छिन । ९ बर्षिय जेठि छोरी रागिनीले पितालाई दागबत्ती दिएकि हुन् । कान्छी छोरी ५ बर्षकी छिन । आफ्नो मृतक बुवाको दिवंगत शरिरमा जनकपुरको बेंगा स्मसान घाटमा दागबत्ती दिईन ।
हिन्दु समाज ! त्यसमा पनि खासगरेर मधेसमा नारीले मृतक शरीर छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको सन्दर्भमा उनले आफ्नो बुवाको विधि पूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरेर महिलाहरु प्रतिको सोचलाई उच्चसम्मान दिईएको स्थानिय राजपका नेता सिताराम यादवले बताए ।

मलामी आउदै गर्दा पुरानो रूढिवादी सोचले ग्रसित भएका केही मलामीहरूले महिलाले मलामी जानू हुदैन, दागबत्ती दिनुहुँदैन भन्ने सामाजिक दबाबका बाबजुद पनि ९ बर्षिया बालिकाले दाहसंस्कार गरेकी हुन । उनको त्यस शासहले पनि समाजमा भएका रूढिवादी सोचलाई निरुत्साहित गर्न मद्दत पुग्ने छ । छोरालाई मात्र महत्त्व दिनेलाई गतिलो झापड मिलेको छ ।

स्थानिय बिक्रम यादवले मधेसमा छोरीले दागवती दिंदा पितृसतात्मक सोचलाई तोड्को बताए । छोरा छोरी बराबर हुन । त्यसैले ९ बर्षिया बालिकाको कदमलाई सकारात्मक लिनु पर्छ, उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार