राजधानी र नामकरणको विषय छिटो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण

१७ फाल्गुन २०७६, शनिबार ११:४५ मा प्रकाशित

काठमाण्डौ । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले राजधानी र नामकरणको विषय छिटो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको विशेष समयमा बोल्दै सदस्यले अस्थायी राजधानीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका हुन् ।

बैठकमा प्रदेशसभाका सदस्य सन्तोषकुमार पाण्डेले प्रदेशको राजधानी र नामकरणको विषय ओझेलमा परेको बताए । उनले सरकारका जिम्मेवार व्यक्तिले राजधानीका लागि मरुभूमि खोज्ने काम गरेको भन्दै बहुमतका नाममा जे गरेपनि हुन्छ भन्ने सोचाई नराख्न आग्रह गरे । सदस्य पाण्डेले अस्थायी स्थानलाई नै स्थायी राजधानी तोक्न माग गरे ।

अर्का सदस्य अष्टभुजा पाठकको प्रदेशको राजधानी र नामकरण सम्बन्धमा गठित विशेष समितिको प्रतिवेदन तत्काल सभामा प्रस्तुत गर्न माग रह्यो।

बैठकमा सदस्यको ध्यानाकर्षण गराउदै सभामुख पुर्णबहादुर घर्तीले राजधानीका विषयमा आफूलाई नजोड्न आग्रह गरे ।

प्रदेशको राजधानी र नामकरणका लागि गठित विशेष समितिको प्रतिवेदन अपूर्ण रहेकाले केही समय लागेको बताउदै यसमा सभामुखको कुनै भूमिका नहुने स्पष्ट पारे ।

बैठकमा बोल्दै अन्य सदस्यले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार