चिनियाँ टोलीको पर्खाइमा दरबार हाइस्कुलका विद्यार्थी

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

रानीपोखरीस्थित पुरानो स्थलमा अत्याधुनिक नयाँ भवन त ठडिएको छ तर सर्ने टुङ्गो नहुँदा दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) का विद्यार्थी अझै प्रदर्शनीमार्गस्थित अस्थायी भवनमा पढिरहेका छन् ।

प्रदर्शनीमार्गको वाल्मिकी क्याम्पसको खाली ठाउँमा निर्मित अस्थायी भवनमा भानु माविका मात्र होइन संस्कृत माविका विद्यार्थी पनि पढ्छन् । नेपाली विद्यालय शिक्षाको एक धरोहर ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी सङ्ख्या घट्दो छ तर कक्षाकोठाको अभावमा कूल १५० विद्यार्थीलाई पनि भानु माविले बिहानी र दिवा सत्रमा गरी पढाइरहेको छ । ती विद्यार्थीका लागि १८ शिक्षक खटिएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको ध्यान अहिले छिमेकी चीनतिर खिचिएको छ ।

गोरखा भूकम्पमा क्षतिग्रस्त सो भवन निर्माणका लागि सहयोग गरिरहेको चीन सरकारले निर्माण सम्पन्नको प्रमाणपत्र र हस्तान्तरणको साइत कहिले जुराउँला भन्नेमा उनीहरुको चासो हुनु स्वभाविक हो । सो विद्यालयमा स्थानीय विद्यार्थी भने थोरै छन् । शहरी क्षेत्रका अभिभावकका छोराछोरी निजी विद्यालयमा पढ्ने भएकाले यस्ता पुराना र सामुदायिक विद्यालयमा काठमाडौँ बाहिरका जिल्लाबाट विभिन्न पेशा, व्यवसायका लागि यहाँ आई अस्थायी बसोबास गर्ने अभिभावकका छोराछारी पढ्छन् ।

सायद पहुँचवाला अभिभावकको कमीले होला राजधानीको मुटुमा रहेको यस विद्यालयबारे नीतिगत तहमा खासै चाँसो दिइन्न । विद्यालयले सरकारी नीतिको पालना गर्दै विद्यार्थीसँग कुनै शुल्क लिँदैन । गुणस्तरको छनक दिन र निजी विद्यालयका विद्यार्थी आकर्षित गर्न कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम पनि चलाएको छ । शिक्षकले अतिरिक्त समय दिए पनि विद्यार्थी सङ्ख्या वृद्धि हुन सकेको छैन । विद्यार्थी सङ्ख्या वृद्धि नहुनुमा भवनको अभाव पनि मानिएको छ ।

चीनको वुहान प्राप्तमा कोरोना भाइरसको सन्त्रास नआएको भए यतिबेला सम्भवतः दरबार हाइस्कुलको नयाँ भवनमा विद्यार्थी पसिसकेका हुने थिए । चीनको साङ्घाइ कन्स्ट्रक्सनले गत मङ्सिरमै विद्यालयको भवन निर्माण सम्पन्न गरिसक्ने जनाएको थियो । कोरोना भाइरसको प्रभावले अन्तिम अनुगमनका लागि चीनबाट आउने टोली र केही सामान रोकिएको विद्यालयका प्रधानाध्यापक अखिलेष आजादले बताए ।

उनले भने, “मिति सारेर यही फागुनभित्र हामी सर्ने भनेका थियौँ, अब त्यो पनि टर्ने भयो ।” नवनिर्मित भवनमा हस्तान्तरण नभएसम्म शिक्षक, विद्यार्थी वा अन्य पक्षलाई निर्माण पक्षले भित्र प्रवेश नदिने भएकाले प्रधानाध्यापक आजादलाई आफ्नो विद्यालय भवन कस्तो बन्यो भन्ने एक प्रकारको खुल्दुली पनि छ ।

सो कम्पनीले ‘टर्न कि मोडेल’ मा रु ८५ करोडको लागतमा जम्मा १९ महिनामा भवन निर्माण सकाउने गरी १०० कामदार खटाएको थियो । नौ रोपनी जग्गामा निर्मित नयाँ भवनमा चार तला र ४० कक्षाकोठा छन् । भवनको नक्सा ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ ले तयार गरेको थियो ।

उक्त ढाँचामा विद्यालय पुनःनिर्माणमा सहयोग गर्नेमा चीनका साथै नर्वे र युएसएड छन् । यस विधिमा दातृ निकायकाले आफ्नै स्रोत र साधनमा विद्यालय बनाइ हस्तान्तरण गर्छन् । विसं २०७२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त सो विद्यालयको पुनःनिर्माण कार्यको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणा परिवारका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सो विद्यालय स्थापना गरेका थिए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना निर्देशक चूडामणी पौडेलका अनुसार सो भूकम्पबाट सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएकामा हाल करिब ७० प्रतिशत विद्यालय पुनःनिर्माण भइसकेका छन् । यसमध्ये अनुमानित १० प्रतिशत विद्यालय गैरसरकारी क्षेत्रले बनाएका छन् । समुदायस्तरमा बनाइका विद्यालय भवन भने छिटो तयार भएका छन् ।

भारत सरकार, एशियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका) लगायतले विकास साझेदारामार्फत वैदेशिक स्रोत दिइ विद्यालय पुनःनिर्माणको अर्काे ढाँचामा पनि काम भइरहेको छ । यसमा नेपाल सरकारको खरिद नियमावलीअनुसार निर्माण व्यवसायी छनोट हुन्छ तर ‘टर्क कि मोडेल’ मा सहयोग गर्ने पक्षले सबै जिम्मा लिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार