इन्द्रजीत गोइत,धनुषा । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष र एक सेवाग्राहीबीच कुटाकुट भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । सेवा लिन वडा कार्यालय पुगेका वडा नं. १ बस्ने स्थानीय अरबिन्द यादव सँग वडाध्यक्षको कुटाकुट भएको हो ।
वडा नं. १ का वडाध्यक्ष धर्मेन्द्र गोईत र अरबिन्द यादवबीच कुटाकुट हुँदा अरबिन्द घाईते भएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाका अनुसार सेवाग्राही अरबिन्दले वडाध्यक्ष गोईत उपर अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको थियो ।
वडाध्यक्ष गोईतका अनुसार सेवा लिन वडा कार्यालय आएका अरबिन्दको कुनै कागजात अपुग भएको र बल पूर्वक कार्य गर्न भनेपछि आफू नगरेको दाबी गरेका छन् । आफू कानुन विपरित कार्य नगर्ने भनेपछि अपशब्द प्रयोग गरेपछि हातबाही भएको स्वीकारेका छन् ।
यता, अरबिन्दका परिवारले वडाध्यक्षले धेरैदिनदेखि कुराएको र काम गराउन जाँदा बहाना बताएपछि अपशब्द प्रयोग गरेको दाबी गरेको छ । वडाध्यक्ष गोईत र सेवाग्राही यादवबीच हात हालाहाल हुँदा अरबिन्दलाई चोट लागेको प्रहरीले जनाएको छ ।
अरबिन्दलाई निधारमा चोट लागेको तथा उनको अवस्था समान्य रहेको जनाइएको छ । निधारमा चोट लागेको छ । केही रगत पनि आएको देखिएको छ । त्यो हाथावाहीको क्रममा भएको छ । अवस्था समान्य छ । अहिले हाम्रो नियमन्त्रणमा रहेको छ ।
वडाध्यक्ष गोईतले आफूमाथि अपशब्द र दुरव्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएपछि अरबिन्दलाई नियन्त्रणमा लिएको जनाइएको छ । परिवारजनले भने प्रहरीले बलपूर्वक अरबिन्दलाई पक्राउ गरी उल्टै भित्र हालेको आरोप लगाएका छन् । उल्टै वडाध्यक्ष गोईतले अरबिन्दलाई कुटपिट गरी रगत बगाए पनि वडाध्यक्षलाई केही नगरी अरबिन्दलाई पावरको भरमा नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।