किसानलाई कृषि औजार र मिनिटिलर बितरण

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

काठमाण्डौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा रु नौ लाख ५० हजार मूल्य बराबरका कृषि औजार र मिनीटिलर (हाते ट्रयाक्टर) उपलव्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्र्तगत नमूना बचत कृषक तरकारी पकेट समितिलाई सो मूल्य बराबरको कृषि औजार र मिनिटिलर उपलव्ध गराइएको हो ।

समितिका सचिव गयाप्रसाद चौधरीका अनुसार परियोजना अन्र्तगत समितिलाई तीन वटा २२ हर्स पावरका मिनीटिलर, आधुनिक तरिकाले तरकारी खेती गर्न १० वटा पोलिहाउस, १५ वटा इलेक्ट्रि स्प्रे टङ्की, उत्पादीत तरकारी राख्न प्रयोग हुने ९० वटा क्रेट, रु एक लाख मूल्य बराबरका उन्नतजातको तरकारीको बीउ र रु ४५ हजार मूल्य बराबरको सुक्ष्म तत्व उपलव्ध गराइएको छ । कृषि औजार, पावरटिलर, बीउविजन, पोलिहाउसका लागि समितिले रु चार लाख ५० हजार र परियोजनाले रु पाँच लाख रकम लगानी गरेको छ ।

समितिमा ३१ किसान आवद्ध छन । ती किसानले अग्र्यानिक तरिकाले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । यस क्षेत्रका किसानले १५ बिघा बढी जग्गामा तरकारी खेती गरेका छन् । तरकारी खेतीका लागि सुन्दरीफाँटा अग्रणी रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार