नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने ।यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको महानिर्देशक श्रेष्ठले बताए ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले विभागसंग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

महानिर्देशक श्रेष्ठले भने, ‘अहिले आत्तिनु पर्ने अवस्था त होइन तर विभिन्न देशमा फैलिएको यो भाइरसको सम्भावित प्रकोप रोक्नका लागि हामी थप उच्च सतर्कतामा बस्नै पर्ने भयो । त्यसैले पूर्वनिर्धारित तालिम गोष्ठि, कार्यक्रम सबै स्थगित भएको छ । हामी सबै महाशाखालाई विभिन्नरुपमा कोरोनाविरुद्धको अभियानमा परिचालन गर्दैछौँ ।,’उनले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा भने रहनुपर्ने बताए । उनले विदेशमा रहेका आम नेपाललाई पनि सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरे ।

एयरपोर्टको हेल्थ डेस्कमा मन्त्रीदेखि प्रधानमन्त्रीको चासो

विदेशीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केही बर्ष अघि देखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो समय कोरोनाको प्रकोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ । थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । तर सो कार्य प्रभावकारी नभएको हवाई यात्रुहरुले बताउँदै आएका छन् ।

‘न थर्मल स्क्यानरले काम गरेको छ, न इन्फाइरेड थर्मामिटरले जाँच गरेको छ । प्लेनबाट झरेपछि सिधै अध्यागमनमा पुगियो,’ केही दिन अघि विदेशबाट आएका डा बुद्धिमान श्रेष्ठले भनेका थिए ।यस्तो गुनासो धेरै सुनिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चासो लिएका छन् । उनीहरुले एयरपोर्टको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएका छन् ।‘अहिले एयरपोर्टको हेल्थ डेस्कको बारेमा गुनासा र चासो बढी छ । हामीले त्यहाँको सेवा चुस्त बनाउनलाई तिब्रता दिएका छौँ,’ महानिर्देशक श्रेष्ठले भने ।

हेल्थ डेस्कमा भद्रगोला भएपछि लाइन मिलाउन प्रहरी राखिदैँ

हवाईयात्रुहरुले एकैपटक हुलमुल गरी इमिग्रेसन तर्फ दौडँदा स्वास्थ्य जाँचमा समस्या भएको हेल्थडेस्कका कर्मचारीहरुले विभागलाई ब्रिफिङ गरेका छन् । ‘लाइन लागेर आउँदैनन, हतारो हुन्छ । ठेलमठेल गर्दै दर्गुछन् । त्यसैले पनि समस्या भएको हो ,’ एक स्वास्थ्यकर्मीले भने ।
स्वास्थ्य सचिव बरालले अब सबै हवाई यात्रुको क्रमैसंग स्क्यान गरेपछि मात्रै इमिग्रेसनमा जाने व्यवस्था मिलाइएको बताए । ‘अब हुलमुल गर्न पाइदैन, लाइन लगाएर एक एक गरी स्क्यान गरेपछि मात्रै इमिग्रेसन तर्फ पठाउने व्यवस्था मिलाउँदै छौँ । त्यसका लागि कम्तीमा दुई जना प्रहरी लाइन मिलाउन गृहमन्त्रालयसंग मागिएको छ । पर्यटन मन्त्रालयलार्य पनि जानकारी गराईएको छ,’ उनले भने ।

Post navigation

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार