खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेपछी

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार रोचक बिचित्र

एजेन्सी,म्यानमार : म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।

समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए ।

‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन एइले भने, ‘एक महिला अचानक जहाजबाट पानीमा खसिन्, महिला खसेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उद्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन्, अनि म हामफालेँ ।’

क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’ उनले भने, ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेको थिएँ ।’

उनले ३४ वर्षीया महिला किन चान म्यालाई सकुशल उद्धार गरेका हुन् । क्याप्टेन एइलाई जहाजका अन्य क्रु र यात्रीले समेत महिलाको उद्धारमा सहयोग गरेका थिए ।

उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्थामा सामान्य रहेको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार