किशोर किशोरी पत्रकारहरु २० भन्दा बढि बाल विवाह रोक्न सफल

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

बाँकेका किशोर किशोरी पत्रकारहरुले २० भन्दा बढि बाल विवाह रोकेको बताएका छन् । बाँकेमा सुरु गरेको स्वयंसेवी किशोर किशोरी पत्रकारिता तालिममा सहभागि किशोर किशोरीहरुले आफुहरुले बाल विवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल भएको बताएका हुन् ।बाल विवाह जस्ता कुरितीको अन्त्यका लागि आफुहरु स्वयंसेवी पत्रकारको रुपमा खटिइरहने बाल विवाह पिडित सविना खानले बताउनु भयो ।

आफुहरुले २० भन्दा बढि बाल विवाह रोक्न सफल भएको बताए ।सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले गएको ८ महिनामासबै पालिकाको वडा तहसम्म पुगेर स्वयंसेवी पत्रकारहरुले महत्वपूर्ण बिषयहरु बाहिर ल्याईरहेको बताउनुभयो । स्वयंसेवी पत्रकारहरुले व्यवसायिक पत्रकारहरुले गर्न नसकेको सुचना बाहिर ल्याउने र परिवर्तनको लागि प्रभावकारी काम गर्न सकेको हुनाले उहाँहरुलाई प्रोत्साहन स्वरुप रेडियो कार्यक्रम संकलन गर्ने रेकर्डर प्रदान गरिएको आचार्यले बताउनुभयो । प्लान इन्टर नेशनल नेपालका सुरक्षा संयोजक आशा बुढाले बाल विवाह बिरुद्धको अभियानलाई समुदायिक पत्रकारिताले उर्जा थपेको बताउनु भयो । रेडियो सद्भावमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएका स्वंयसेवी पत्रकार मञ्जु घर्तिमगर र चेतना क्षेत्रिलेआफुहरुलाई रेडियोले ठूलो शक्ति प्रदान गरेको बताउनु भयो ।

बाल विवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउनको लागि वाच डगको रुपमा काम गरेको अन्य पत्रकारहरुले बताएका छन् । बाँकेमा जिल्लामा बाल विवाह अन्य जिल्लाको तुलनामा उच्च दरमा भैरहको छ भने २० वर्ष पछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्थाको पनि समुदायस्तरबाट बिरोध भैरहेको छ ।त्यसैले सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र प्लान इन्टरनेशनल नेपालले बाँकेमा सबै वडा तहका किशोर किशोरीलाई स्वयंसेवी पत्रकार बनाउने कार्यक्रम गरिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार