देशविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारमाथि परेको मुद्दा अघि बढाउने

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार समाचार

एजेन्सी । दिल्ली सरकारले जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सन् २०१६ फेब्रुअरी ९ को एक कार्यक्रममा देशविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारमाथि परेको मुद्दा अघि बढाउने निर्णय गरेको छ ।

सन् २०१६ फेब्रअुरी ९ को जेएनयू विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देशविरोधी नारा लगाएको भन्दै विद्यार्थी संघका तत्कालीन अध्यक्ष कन्हैया कुमारसहित दस जनाविरुद्ध देशद्रोहको आरोप लागेको छ ।

यसअघि दिल्ली सरकारले प्रहरीलाई मुद्दा दर्ता गर्न अनुमति दिएको थिएन । अब अनुमति पाएपछि कन्हैयामाथि देशद्रोहको मुद्दा अघि चलाइनेछ ।

फास्ट ट्रयाक अदालतमा मुद्दा चलाउः कन्हैया

दिल्ली सरकारले देशद्रोहको मुद्दा अघि बढाउन अनुमति दिएपछि प्रतिक्रिया दिने क्रममा कन्हैयाले मुद्दाको सुनुवाई फास्ट ट्रयाक अदालतमा हुनुपर्ने बताए ।

फास्ट ट्राक अदालतबाट हुने सुनुवाईपछि मात्र सम्पूर्ण देशले देशद्रोहको मुद्दा कसरी दुरुपयोग भइरहेको छ भन्ने थाहा पाउने कन्हैयाले बताए ।

कन्हैयाले यो मुद्दा राजनीतिक रुपमा प्रेरित भएको बताउदै भने ,‘विगतमा जब म चुनावमा उठ्दा यो मुद्दा हालिएको थियो । अहिले पुनः विहार चुनाव हुन लागेपछि मुद्दा अघि बढेको छ ।’

कन्हैया कुमार र उनका साथीमाथि ९ फेब्रअुरी २०१६ को कार्यक्रममा देश विरोधी नारा लागेको आरोप लागे पनि मुद्दा भने १४ जनवरी २०१९ मा हालिएको थियो ।

तथापि ९ फेब्रुअरीको दिनको कार्यक्रममा देश विरोधी नारा लगाएको भनेर सार्वजनिक भिडियोमा रहेको नारापछि थपिएको अध्ययनले देखाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार