५० वर्षपछि संसारमै दुर्लभ रेनबो सर्प भेटियो

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार प्रवास

काठमाण्डौ । संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए ।

ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार