काभ्रे डाँडापारि कुपिन्टारका नर बहादुर बललाई पेनिस क्यान्सर,सहयोगको याचना (भिडियो)

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार मुख्य नेटवर्क

बनेपा । काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्बर २ कुपिन्टार स्थाइ घर भाई हाल ललितपुर जिल्ला ठेचो बस्दै आएका बलको परिवार अहिले ठूलो पीडामा छन् । सामान्य परिवारका ४५ वर्षीय नर बहादुर बल तामाङ्लाई पेनिस क्यान्सर भएपछी उनले सहयोगको याचना गरेका छन ।

नजिकैको कुपिन्टार खोलामा माछा जाने क्रममा उनलाई केहीले टोकेको जस्तो अनुभव भयो । निहुँ भनौँ या के, उनलाई भएको यति नै हो । तर, बिस्तारै त्यो टोकेको ठाउँमा घाउ बन्दै गयो । आज, भोलि हुँदाहुँदा घाऊ यति ठूलो भयो कि त्यसको हामी कल्पनासम्म गर्न सक्दैनौँ । घाऊ ठुलो हुँदै गएपछी उनले गाउँघरमै उपचार गर्न थाले तर निको हुनुको साटो झन् ठूलो हुँदै गयो । त्यसपछि उनी उपचारको लागि सहर पसे ।
बनेपा, धुलिखेल र काठमाडौंका दर्जनौँ अस्पताल पुग्दा पनि उनको वास्तविक रोग पत्ता लागेन । यसैगरी लगभग ३ बर्ष बित्यो, लाखौँ रुपियाँ स्वाहा भयो । बिरामी झन् थलिँदै गए ।

यही क्रममा भक्तपुरस्थित् क्यान्सर अस्पतालले ट्युमर देखेको र उपचार गर्नु पर्ने सुझाव दियो । उपचारको क्रममा अस्पतालले उनलाई क्यान्सर भएको रिपोर्ट हातमा थमायो । उनलाई निकै पिडा भयो । घर परिवार र साथीभाइलाई उनले चाडै निको हुन्छ भनिरहे र ढाटिरहे ।

काठमाण्डौ जस्तो ठाउँँमा उनलाई उपचार गर्दै गर्दा भएको सबै पैसा सकिसकेको छ उनको । उनलाई लाग्छ, अब ऋण लिने ठाउँ र दिने मान्छे पनि कोही छैन । उपचारको लागि उनका श्रीमती र दाजुले सबैसँग हात फैलाइरहेका छन्, ।

हो, कसलाई पर्दैन र दुख । खाली समयको खेल न हो, कसैलाई छिटो त कसैलाई ढिलो । आखिर दुख सबैलाई पर्छ । त्यसैले आउनुस्, यी उहाँलाई नयाँ जीवन दिलाउन तपाई हामी सबैले सकेको सहयोग गरौँ ।

उनलाई 9880165081 / 9888014300 मा संपर्क गर्न सकिन्छ भने उनको प्रभु बैक संखमुल नयाँ बानेश्वर साखाको खाता नम्बर ०५११०७०१६१९८५९०००००१ मा पैसा जम्मा गर्न सक्नुहुनेछ ।

आर्थिक अवस्था निकै कम्जोर भएका उनलाई सबैले सकेको सहयोग गरौ । सहयोग गर्न नसक्नेहरुले यो फोटोलाई सेअर गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार