पूँजीवादले निम्त्याएको भ्रष्टचार – प्रदिप बाँस्कोटा

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार

कुनै पनि समाज र देशको आर्थिक तथा सामाजिक उन्नति, प्रगति र बिकासको बाधक तत्व भ्रष्टचार हो । प्रचलित ऐन, कानुन र नैतिकतालाइ भत्काएर आफु अनुकुल निर्णय गरि वा गराई गरिने भ्रष्ट क्रियाकलाप नै भ्रष्टचार हो । भ्रष्टचार नितिगत पनि हुन्छ । हाल नेपाली समाजको विधमान अवस्थामा सरकारि क्षेत्र,व्यापारिक क्षेत्र, शैक्षिक क्षेत्र, गैर सरकारि क्षेत्र, स्वास्थ्य क्षेत्र लगायत समाजमा रहेका भिन्न प्रकृतिका सस्थाहरू समेतभ्रष्टचार मुक्त छैनन् भने नेपालको वर्तमान सन्दर्भमा भ्रष्टचार दिनानुदिन मौलाईरहेको अखबारका पानाहरूमा हेर्न पाईन्छ ।

भ्रष्टचारि व्यक्तिलाई राजनैतिक सँरक्षण गर्नु भ्रष्टचारको मुख्य कारण हो । मानिसहरू सुविधाभोगि मनोबृत्तिमा रमाउनु, अवसरबादि तथा महत्वकाँक्षि हुनु, नैतिक मूल्य र मान्यतालाई वास्ता नगर्नु, नैतिक िशक्षाको अभाब हुनु, नाताबाद र कृपाबाद, सामान्य जिबिकोपार्जनका लागि उचित पारिश्रमिक नपाउनु र भ्रष्टचार नियन्त्रणका लागि स्थापित सस्थाहरूले प्रभाबकारि कार्य सम्पादन गर्न नसक्नु, ऐन नियमको अभाब, भएका नियमहरू प्रभाबकारि कार्यान्वयन नहुनु र भड्किलो निर्वाचन प्रणालिले राज्य तथा समुदायमा भ्रष्टचार जन्माउछ ।

ऐतिहासिक दुई तिहाइ नजिक मत प्राप्त गरेको जनताको लोकप्रिय पार्टिले सरकारको नेतृत्व गरिरहँदा जनता भोकभोकै मर्नु नपर्ने, नाङगै हिड्नु नपर्ने, स्वास्थ्य उपचारको गुणस्तरिय सेवा प्रवाह गर्ने, बुढेशकालमा बासस्थानको चिन्तामा पिरोलिनु पर्ने छैन । यातायातको सुलभ अवस्थाको सृजनाका साथै प्रदुषणमुक्त वातावरण बनाएर देशबासिले धुलो धुवाको सिकार बन्नु पर्दैन । फोहोर मैलाको उपयुक्त व्यवस्थापन गरि दुर्ग्न्धित र अस्वस्थ वातावरणबाट जोगाईनेछ । विधार्थिले विधालय जान र डोरिमा झुण्डिएर कहालि लाग्दो यात्रा गर्नुपर्ने छैन सरकार जनमुखि हुने भएमा । राष्ट्रले समृद्विको नारा जब घन्काउँछ तब भ्रष्टचार नियन्त्रणनिर्मुल अत्यन्तै महत्वपुर्ण हुन्छ । बाख्रा छोडेर हरियो घाँस बचाउन खोज्नु मुर्खता हुन जान्छ ।

ट्रान्सपरेन्सि ईन्टरनेशनलको भ्रष्ट्रचार अवधारणात्मक सुचकाङकमा नेपाल ११३ औ स्थानमा रहेको छ । १८० देश मध्ये गरिएको सर्वेक्षण हो यो । धेरै भ्रष्टचार गर्ने मुलुकको सुचिमा नेपाल विजेता नै हो भन्नू अन्याय नहोला । जो हामी नेपाली र नेपालका लागि दुखद छ । विश्वमा कम भ्रष्टचार हुने मुलुकमा डेनमार्क देखिएको छ । एक सय पुर्णाङकलाई आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएर प्रथम स्थानमा छ भने नेपालले ३४  नम्बर ल्याएको छ । यो सन् २०१९ को तथ्याङक हो । अघिल्लो साल नेपालले ३१ अङक मात्रै ल्याएको थियो ।

विश्वमा सबै भन्दा बढि भ्रष्टचार हुने देश सोमलिया हो । जसले ९ अङक मात्र प्राप्त गरेको छ । ताबुक र बेल्चासग रगत पसिना साटेर भित्रिएको रेमिटेन्स, मासु र रक्सिमा भोट खरिद गरि सोझासिधा जनतालाई छलेर मत प्राप्त गर्ने कतिपय नेताहरू सरकारि बजेटको दुरूपयोग गर्ने गरिरहेका छन् । लज्जा र आत्मग्लानि समेत नहुने भ्रष्ट नेता र भ्रष्ट समाजको नियन्त्रण अनिवार्य छ समृद्विका लागि ।
मुलुकमा रूजुको भन्दा बेरूजुको चाङ चुलिएको छ । जसमा अनुचित काम गर्ने अधिकारी वा सार्वजनिक पद धारण गरेका व्यक्ति बढि जिम्मेवार छन् तर उनिहरूलाई अख्तियारले ठाउँको ठाउँ कानुनि कारबाहि पर्याप्त मात्रामा गर्न सकेको छैन । कताकता अख्तियार पनि राजनैतिक दलको छत्रछायामा नाचेको भान हुनजान्छ । सार्वजनिक व्यक्तिले अनुचित व्यक्तिगत लाभ उठाउदा समेत यो निकाय  प्राय  मौन छ ।

 

परिवर्तनका निम्ति लडेका शक्तिहरूको दुख पीडा कम छैन यहाँ । यहाका दलहरू सत्ता बाहिर रहदा चर्को रूपमा गरिबिको मुद्वा उठान गर्ने र सत्तामा पुगेपछि एजेण्डा बिर्सिएर व्यक्तिगत लाभका निम्ति भ्रष्ट बन्नु समाजको विशेषता नै भईसक्यो । जो जति निन्दा गरेपनि कम हुन्छ । अत्यन्तै ठुलो धनराशि खर्चिएर जनप्रतिनिधि छनौट गर्ने यो निर्वाचन प्रणालिले भ्रष्ट्रचार जन्माइरहेको छ । चुनाबि मैदानमा लड्दा खर्चिएको रकम मन्त्रि हुदा उठाउनेहरू धेरै छन् । जुन राज्यकोषको ब्रह्मलुट हो । जनतालाई धोका हो ।

युवाहरूलाई बैदेशिक रणभुमिमा रगत र पसिना बगाउन बाध्य बनाई राज्यको दोहन गर्ने बृद्वहरूको अब विकल्प खोज्नु पर्छ । युवाहरूले देश हाक्न पाउनुपर्छ । समृद्व नेपाल निर्माण अभियानमा मुख्य भुमिकामा युवाहरू हुनुपर्छ । भ्रष्टचारको अन्त्य गर्न सरल जिबनशैलि अपनाउने प्रण गर्नुपर्छ । पुजिबादले पैसालाई महत्व दिने भएकाले भ्रष्टचार मौलाई रहेको छ । मान्छेले पैसाका लागि मानिस मार्ने सम्म गर्छन् । अकुत सम्पति आर्जनका लागि ज्यान नै फाल्छन् । आत्मघाति बिस्फोटक पदार्थहरू विस्फोट गरेर आफ्नो ज्यान नै समाप्ति समेत गर्छन ।
भ्रष्ट्रचार र पुजिबाद एक अर्कामा पर्यायबाचि शब्दको रूपमा विकसित भएका छन् ।

मजदुरहरूको कठोर र निरन्तर परिश्रमबाट आर्जित मुनाफा मालिकले आर्जन गरी मजदुर माथि चरम शोषण गरिरहेका छन् । पुजिबादि देशहरूमा पुजिपति उधोगपतिहरू हुन्छन् । पुजिपतिहरूले बस्तु उत्पादन गरेर अधिकतम बस्तुको मूल्य बृद्वि गराई आम समुदायलाई आर्थिक दोहन गरि नाफा कमाउनु यिनिहरूको मुख्य उदेश्य रहन्छ । यो व्यवस्था भएका मुलुकहरूमा जनतालाई चरम शोषण र अन्नयाय र अत्याचार हुदा पनि सरकार मौन हुन्छ । मुकदर्शक बन्छ र भुमिका बिहिन बन्न जान्छ । अर्थात जसको शक्ति उसको भक्ति भन्ने उखान चरितार्थ हुन्छ । जब मानिषमा अत्यधिक सम्पति आर्जन गर्ने, अकुत पैसा कुम्ल्याउने महत्वकाँक्षा बृद्वि हुनजान्छ । पारिवारिक जिबनयापन भड्किलो बन्न जान्छ । खर्चहरू बढेर गई बिलासि जीवन जिउनु भ्रष्टचारको कारक तत्व हो । आयमा बृद्वि नगरि खर्चमा आएको बृद्विले भ्रष्टचार निम्त्याउछ । हाम्रो माइन्ड पनि मनि माईन्डेड भयो । जति कार्य सम्पन्न गर्छौ त्यहा केही न केही लाभ हासिल गर्नुपर्छ भन्ने सोच्न थाल्यौ । हामी नितान्त व्यक्तिगत प्रगति उन्नतिको मार्गमा लम्किन खोज्यौ । जसले पुजिबादको पक्षपोषण गर्यो र भ्रष्ट मान्छेको जन्म भयो ।

यदि हामिले सामुहिकता, समाजलाई प्राथमिकता दिएर हाम्रा गतिबिधि सञ्चालन गर्ने, राज्यले राज्यका गतिबिधि सञ्चालन गर्ने हो भने पक्कै पनि समाजबाद उन्मुख दिशा निर्धारण गरि यात्रा तय गर्न सम्भब छ । पुजिबादले जन्माएको भ्रष्ट्रचारलाई नियन्त्रण गर्न पुजिबादको अन्त्य अनिवार्य सर्त रहन्छ । राष्ट्रिय पुजिको निर्माण गरेर समाजबादको यात्रा तय गर्नका लागि भ्रष्टचार नेपाली समाजमा निकै महङगो सावित हुँदै  गएको छ । जरा फिजाएर पकड जमाएको भ्रष्टचारको जरा फेद लगाएर नकाटे सम्म समृद्व नेपाल सुखि नेपाली असम्भब हुनेछ ।

लेखक अनेरास्ववियू निर्वाचन आयोग केन्द्रीय सदस्य हुन 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *