चीनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी । हङकङको सीमामा पर्ने चीनको सेन्जेन सहरमा स्थानीय सरकारले कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाउने भएको छ । वन्यजन्तुको मासुबाट कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि उक्त निर्णय गरिएको हो ।

नयाँ नियम सेन्जेन पिपुल्स कांग्रेसको स्थायी समिति र सहर संसदले उक्त नियम मंगलबार सार्वजनिक गरेको थियो र जनतालाई राय पेश गर्न अर्को हप्ताको बिहीबारसम्मको समय दिइएको छ ।

वन्यजन्तुको खपतमा देशव्यापी पूर्ण प्रतिबन्ध लगाउने अभियानस्वरुप पहिलो चरणमा कुकुर र बिरालो खान रोक लगाउने नियम बनाइएको हो । मस्यौदामा खान मिल्ने ९ प्रकारका मासुको सूची छ । मस्यौदामाथि कहिले मतदान हुन्छ भन्ने खुलाइएको छैन् ।

खान मिल्ने मासुको सूचीमा सुँगुर, गाई, कुखुरा, खरायो, माछा र सी फुड समावेश छ । तर कुकुर, बिरालो, सर्प, कछुवा र भ्यागुता जस्ता जीवजन्तुलाई भने खान निषेध गरिने गरी ‘ब्ल्याक लिस्ट’ मा राखिएको छ ।

त्यसैगरी सेन्जेन पिपुल्स कांग्रेसका स्थायी समितिले वन्यजन्तुको व्यापार तथा उपभोगमा रोक लगाउने नियम सोमबार पास गरेको छ । यो नियम उल्लंघन गर्नेलाई २० हजार युआनसम्म जरिवाना हुनेछ ।

वैज्ञानिक अनुसन्धान तथा चिकित्सकीय उद्देश्यका लागि जंगली जनावारको उपभोग गर्न भने यो नियम रोक लगाएको छैन तर त्यसको व्यवस्थापन सुदृढ हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

करिब दुई हप्ता अगाडि बेइजिङ नजिकैको तियानजिङले पनि वन्यजन्तुको खरिदबिक्री र प्रयोगमा रोक लगाउँदै कानुन बनाएको थियो ।

चीनले सन् १९८९ मा वन्यजन्तु संरक्षणसम्बन्धी कानुन निर्माण गरेको थियो, व्यवसायिक उद्देश्यले उपभोग तथा प्रजननका लागि खपत गर्न भने रोक लगाइएको थिएन ।
कारोना भाइरस चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरस्थित वन्यजन्तुको मासुबजारबाट फैलिएको बताइएको थियो । तर आधिकारिक रुपमा अहिलेसम्म भाइरस कहाँबाट कसरी फैलियो भन्ने पुष्टि भएको छैन् ।

डिसेम्बरदेखि फैलिएको भाइरसले अहिलेसम्म करिब ३ हजारको ज्यान लिइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार