विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति पुटिन आखिर किन स्मार्ट फोन प्रयोग गर्दैनन ?

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार रोचक बिचित्र

विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कतिपय प्रविधिको प्रयोग गर्दैनन् जबकि उनको देश प्रविधिको विकासमा अब्बल छ । पुटिनले अहिलेसम्म मोबाइल फोन प्रयोग गरेका छैनन् ।

उनले आखिर किन स्मार्ट फोन प्रयोग गरेनन् ? हालै रुसी समाचार संस्था ताससँगको लामो अन्तवार्ता शृंखलामा उनले यसको खुलासा गरेका छन् । पुटिनले आफू हटलाइन ल्यान्डलाइनमै सहज महशुश गर्ने उत्तर थिए । प्रविधिको विकास रोक्न नसकिने भएपनि आफूले हटलाइन फोनमै सहज महशुश गर्ने दोहोर्याए । आफूसँग अन्य अवसर रहेको बताए ।

कहिलेकाहीं फोन गर्न स्मार्ट फोन चाहिए आफ्ना सहयोगीमार्फत् गर्ने बताए । तर, उनीसँग व्यक्तिगत स्मार्ट फोन कहिले भएन । यसअघि सन् २०१८ मा क्रेमलिनका एकजना अधिकारीले पुटिनले कहिलेपनि स्मार्टफोन प्रयोग नगरेको खुलासा गरेका थिए ।

पुटिन कुनैबेला रुसी खुफिया एजेन्सी केजीबीका उच्च अधिकारी थिए । उनी राजनीतिमा आउनु अप्रत्याशित घटना थियो । पुटिन त्यसैले पनि गोपनीयतामा बढी ध्यान दिन्छन् ।- एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार