कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको छ : मुख्यमन्त्री पौडेल

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार बागमती

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गर्नुभएको छ ।

पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले त्यहाँ पु¥याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“यो संवेदनशील तथा दुःखद् घडीमा सिङ्गो नेपाल सरकार सँगसँगै वाग्मती प्रदेश सरकारसमेत राक्षसी भाइरससँग लडिरहेको चीनसँग सदैव साथ छ, त्यहाँ रहेका नेपाली नागरिकमा सावधानी अपनाउन अनुरोध गर्दछु”, पौडेलले प्रकाशित गर्नुभएको सन्देशमा उल्लेख छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “कोरोना भाइरस हाल नेपालीको अत्यधिक उपस्थिति रहेको मित्रराष्ट्र दक्षिण कोरियामा समेत फैलिएको खबरले चिन्तित तुल्याएको छ ।

हाल यो भाइरस संसारका विभिन्न ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्तै सावधान र सजग हुनु जरुरी छ । यस्तो अवस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु ।”

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जिडिपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको उल्लेख गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार