साबधान ! तपाईंको फेसबूक अरुले चालाएको हुन सक्छ ! यसरी थाहा पाउनुहोस

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार प्रविधि

एजेन्सी । सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ ।

फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ ।

त्यसको लागि के गर्ने ?
सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।
त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।

त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्
त्यहाँबाट ‘’Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।

स्मार्टफोनमा
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘Security and login’ जानुहोस्
त्यहाँ ‘’Where you’re logged in’ अप्शन देखिन्छ ।
त्यसमा ‘See all’ मा क्लिक गर्नुस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार